तिर्थराज ज्ञवाली
देउखुरी, ७ पुस । राप्ती गाउँपालिकाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु गरिएको छ । विगतको वर्ष जस्तै यस वर्ष ८२ बर्ष देखी ८४ बर्ष विचका जेष्ठ नागरिकहरुलाई चिसोबाट केहि संरक्षण गर्नका लागि १ वटाका दरले ब्ल्याङकेट वितरण गर्न सुरु गरिएको हो ।
राप्ती गाउँपालिकाको कार्यालयको आर्थिक बर्ष २०७७/२०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार महिला बालबालिक तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ९ वटै बडाका ८२ बर्ष देखी ८४ बर्ष विचका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा दिने कार्यक्रम रहेको छ ।
वडा नं १ मा १३ जना, वडा नं २ मा १९ जना, ३ मा १९ जना, ४ मा १६, ५ मा १४, ६ मा ८, ७ मा ५, ८ मा १५ र ९ नं वडामा ६ गरि कुल १ सय १५ जना जेष्ठ नागरिकहरुलाई ब्ल्याङकेट वितरण गरिने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवन कुमारी जिसीले जानकारी दिए ।
उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यतामा वडामै गई न्यानो कपडा वितरण सुरु गरिएको र वडामा आउन नसक्ने ८२ बर्ष देखी ८४ बर्ष विचका जेष्ठ नागरिकहरुलाई वडा जनप्रतिनिधि तथा कर्मचारी घरमै गएर ब्ल्याङकेट प्रदान गरिने छ ।
यसै विच गत महिना वडा नं ७ ७४ वर्ष देखी ७७ वर्ष उमेरमा रहनु भएका ६५ जना बृद्ध बृद्धालाई न्यानो कपडा फाईवर सिरक उपलब्ध गरिएको र राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्रि ग्रामीण विकास कार्यक्रमको समन्वयमा ९ वटै वडाका ३१४ वढि जेष्ठ नागरिकलाई थरमस र लाईट उपलब्ध गरिउको थियो ।











