इन्द्रेणी संवाददाता
काठमाडौं, ५ पुस । नेकपाको आज वसेको स्थायी कमिटीको बैठकले पूर्वसभामुख कृष्ण बहादुर महरालाई स्थायी समितिमा मनोनयन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महरालाई स्थायी समितिमा लगिने निर्णय केन्द्रीय समितिबाट अनुमोदन भएपछि कार्यान्वयन आउनेछ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने समेत निर्णय गरेको छ ।











