उदय के.सी.
रुकुम, असार ३०
रुकुमजिल्लाकोउत्तर पूर्वी क्षेत्रमा पर्ने प्वाङ गाविसको करिब ८५प्रतिशतबन डढेलो लाग्दागाविस वडा नं ३ मा पर्ने कोटघारी, सिउरेनी, ८ मा पर्ने मोराबाङ, तिप्तारा लगाएतकावस्तिहरु नदितथाखोलाको कटान, बाढी तथा भू क्षयतथा बाढी पहिरोको उच्चजोखिममा परेका छन् ।3

जंगल सफा हुन्छ, घाँस राम्रो पलाउँछ र साप सर्प पनिकमहुने भन्ने स्वार्थकाकारण उक्तबस्तिहरु जोखिममा परेको बताउँनुहुन्छ ईलाकाप्रहरी कार्यालयका प्र स नि कर्णविर चौधरी । यो सवै जनचेतनाअभावकाकारण गाउँलेहरुले आगो लगाउँने गरेको उहाँको कथन छ ।

कसले कुन वेला लगाउँछ पत्तो नै नहुने भएकाले कसलाई तैले किनलगाईस भनेर उक्राउगर्ने ? भन्ने कुरो गाह्रो भएको बताउँनुहुन्छ प्वाङ ४ निवासीहर्क बहादुर बुढाथोकी । सँधै जसो भन्दा यस पटकको आगलागिले निकै क्षति गरेको र क्षतिको कुनै संग दाँज्ननमिल्ने गरि भएको बताउँनुहुन्छ प्र विओखरबोटका प्र अ गंगाराम घर्ति ।1

बन डढेलो नलागेको मात्रगाविसको ६ नं वार्ड बाँकी रह्यो अरु त सवै जलेर नष्ट भयो । विषेश गरि सबै ठाँउँमा सानाविरुवा त पुरैजले तर रुखो ठाउँमा भएका सबै ठूला रुखहरु समेत नपलाउँने गरी जले ।

मूल्यको त कुनै हिसावनै छैन त्यत्रो ठिङग्रे सल्लो, लँईट, खर्सु, बाँझ, ओखर, पाँङर, रङेज, गुराँसलगायतका रुखहरु नपलाउँनेगरि सुके ।अवको पुस्ताले के काठ प्रयोग गर्ने होलानलामो स्वास तान्दै चिन्ताव्यक्तगर्नुहुन्छ प्वाङ ४ निवासी रामबहादुर वि सी ।

2बल्लबल्लपशु बस्तु बचाईयो धन्न घाँस नै खाननपाएर मरेथे बल बहादुर के सी ले भन्नुभयो । जेष्ठ अन्तिम साता देखि यतापरेको अविरल बर्षकाकारण जतापनि ठुल्ठुला पानीका छहरा, भल खस्ने बनपातगर्ने किसानी, स–साना स्कुले बालबालिका, बाटो हिड्ने मानिसहरुकहाँनेर बगेर, च्यापेर मर्नेहुनपत्तो नै छैन के गरेर यो बर्षाकादिन कटाउँ भन्ने पिरलो छ गाउँलेको ।

खै यो सालमा त खोला संगलिन्नहोलाहाल सम्म त माटो, खरानीमिसिएको लेदो बगिराछ । अब त माटो पनि सबै बगाई सक्यो के उम्रेला र चिन्तागर्नुहुन्छ प्वाङ ५ की वडा नागरिक मञ्चकी संयोजकगौसरी घर्ति । हालचारैतिर बाट झरेका भेल, छहरा, भलले गैरा छेउकाबस्ति, नदी, खोलाकिनारकाबस्तिउच्चजोखिममा परेका छन् । दोषीपत्तालगाउँन ५ सदस्यिय अनुसन्धान टोली खटाईएको छ भन्नुहुन्छ ने कागाउँ ईकाई समितिका सदस्य बरिलाल घर्ति । घर गृहस्ति, सवै डुब्ने, जेल बस्ने हुन सक्ने भएकाले होला समुदायका मान्छेहरुले उजुरी दिने नगरेको तर पनिप्रहरीको लेवल बाट अनुसन्धान भैरहेको बताउँनुहुन्छ प्र स नी कर्णविर चौधरी ।4

हालकुन बेलाबस्ति उजाड पारी दिन्छ निकै त्रासमा सुत्नुपरेको बताउँछन मोराबाङ, तिप्तारावासीहरु । डिउटीमा रहेको प्रहरी तथाअन्यमानिसहरु पनिजागाराम रहने अवस्था छ । अस्तिमात्रधन्नै मोराबाङमावल्लो पल्लो पट्टिबाट बाढी पहिरो आएर बस्ति उजाड पारेको थियो भगवानले बचाए भन्नुहुन्छ मोराबाङबासीओकी खड्का । २०५१ सालमातुबाङखोला, सिम्रीखोलाले १७ घर ३५ पानी घट्ट, थुप्रै खेत बारी उजाड पारेको थियो यस बर्ष पनिबाँकीबचेको बस्ति उजाड पारिदिन्छ क्यारे। केहीदिन अगाडी त खोलाको लेवलनिकै उच्चथियो त्यस दिन त हामीकोही सुतेनौं तिप्ताराबासीले सुनाय ।

खोलाकोकिनारमा तटबन्ध निर्माण गनुपर्ने, बाढी पहिरो छेकवार लगाउँने, खोलामापूर्व सूचना प्रणालीको स्थापनागर्नुपर्ने तत्कालगरियनभने पनिकोटघारी, सिउरेनी, मोराबाङ, तिप्तारा लगाएतकाबस्तिहरु उच्चजोखिममा रहेको बताउँनु हुन्छ प्र स नी कर्णविर चौधरी । अपराधीहरुले आगलागीगर्नाले सारा दुनियाको जिवन र मरणको ठेगाननहुने गराय । जिल्लाबन, प्रहरीले के हेरी बसेको छ यस्तरी खुल्लाअपराधगर्दा पनि केही केहीनहुने । यसले गर्दा दोषीझनहौसियर अरु सालमापनि यो क्रयाकलापदाहो¥याउँने हुनकीगाउँलेहरुको गुनषो छ ।।