पुष्पा वुढाथोकी
सल्यान, ३० असार
पहिरोमा अभिभावक गुमाएका प्यूठान रजवारा–३ नेटाका बालबालिकाको लागी ठकुरी सहयोग सञ्जाल सल्यानले सहयोग रकम संकलन गरेको छ । उनीहरुको पठनपाठनमा सहयोग पु(याउने उद्देश्यले रकम संकलन कार्य थालिएको सञ्जालका महासचिब प्रकाश बाबू चन्दले बताउनु भयो । उहाँका अनुसार हाल सम्म २ लाख २४ हजार ७ सय ७७ रुपैयाँ ५५ पैसा संकलन भएको छ ।pyuthan

रकम संकलन अभियान श्रावण १६ गते आइतबार सम्म मात्र सञ्चालन गरिने उहाँले जानकारी दिनु भयो । बिचल्लीमा परेका ती बालबालिकाहरुले केहि दिन अगाडी गएको पहिरोमा बुवा–आमा सहित तीन दिदीबहिनी गुमाएका थिए । १४ वर्षिय वसन्त १३ वर्षिय धनबहादुर, ९ वर्षिय सरस्वती र ८ वर्षिय कृष्ण अहिले छिमेकीकोमा सहारा लिएर बसिरहेका छन् ।

यसैबिच जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी जनक राज पन्तका अनुसार ती चार बालबालिका र संरक्षकको नाममा नेपाल बैंक लिमिटेड प्युठान शाखामा बैंक खाता खोलिएको र उक्त खाताबाट बच्चाहरूलाई पैसा आबश्यक परेको रकम जिल्ला प्रशासन कार्यालयले मात्र रकम भुक्तान गरि दिने उहाँले जानकारी दिनु भयो । संकलित रकम संजालले एकमुष्ठ रकम उक्त खातामा जम्मा गरि दिने बताईएको छ । साथै ती बालबालिकाहरुको पठनपाठन लागी आर्थिक सहयोग गरिदिन ठकुरी सहयोग सञ्जाल सल्यान सबैलाई आग्रह समेत गरेको छ ।