घोराही, असार ३० ।
नेकपा एमाले धर्ना गाँउ कमिटिको बैठक विहिवार धर्नामा सम्पन्न भएको छ । गाँउ कमिटिका अधयक्ष भुमबहादुर गिरीको अध्यक्षता एव नेकपा एमाले दाङका जिल्ला सदस्य विवेक श्रेष्ठको प्रमुख आतिथ्यता एंव जिल्ला सदस्य तथा धर्ना गाँउ कमिटि इञ्चार्ज गेहेन्द्र बस्नेतको विशिष्ट आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।umal-flag-e1424853493350

बैठकले धर्ना गाविसलाई वालमैत्री घोषणा गर्नका लागि पार्टिकातर्फवाट सबैखाले सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले पार्टिलाई क्रीयाशिल बनाउनका लागि यहि साउन १० गते धर्नामा नेपाल उत्पीडित जातिय मुक्ती समाजर्को, साउन १५ गते अखिल नेपाल महीला संघको, साउन २० गते युवा संघको २४ गते किसान महासघको बृहत भेला गर्ने नीर्णय गरेको छ ।

पार्टिका गाविसस्तरीय जनवर्गिय सगठनहरुको भेलाको तयारीका लागि बैठकले विभिन्न उप समितिहरुसमेत गठन गरेको छ । यसैगरी बैठकले यहि भदौ २५, २६ र २७ गते हुने नेकपा एमाले दाङको जिल्ला अधिवेसनका लागि भुमबहादुर गिरीको अध्यक्षतामा ५ सदस्यिय आर्थिक संकलन समिति गठन गरेको छ । जसको सदस्यहरुमा बसन्ति महरा, झगेन्द्र बस्नेत, विवेक बुढाथोकि, पोषण नेपालि रहनु भएको छ । सो अवसरमा गाँउ कमिटिका सल्लाहकार देविराम परीयार, हरी केसि, क्षेत्रिय सदस्य डिल्लि नेपालि लगाएतकाले वोल्नु भएको थियो । बैठकको सञ्चालन झगेन्द्र बस्नेतले गर्नु भएको थियो ।।