इन्द्रेणी संवाददाता
मंसिर , २ दाङ । दुर्घटनामा परि दाङमा एक संचारकर्मीको मृत्यु भएको छ ।
दाङ तुलसीपुरस्थित रेडियो हाम्रो पहुँचमा कार्यरत तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निबासी २२ बर्षकी मनिषा लामिछानेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुरको गुल्मजाने चोकमा सोमवार दिउसो १ बजे रा १ प ६७२१ नम्बरको मोटरसाईकललाई लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामीछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए ।