इन्द्रेणी संवाददाता 

पछिल्लो २४ घन्टामा देशभर गरिएका परीक्षणमा थप ११ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा २९ सय ३४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । सोमबारसम्म देशभर संक्रमित हुनेको संख्या दुई लाख १० हजार नौ सय ७३ पुगेको छ।

त्यसैगरी हालसम्म एक लाख ७६ हजार तीन सय ६४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । हाल देशभर सक्रिय संक्रमित ३३ हजार तीन सय ७९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।