शरद रेग्मी
धनकुटा, २८ कार्तिक । पटक पटक रोकिएपनि सुनिश्चित भएको नेपाल उद्योग वाणिज्यमहासंघको राष्ट्रिय अधिवेशन आउंदो मंसिर ११ देखि १३ गते सम्म हुने सुनिश्चित भएसंगै अहिले उद्योगी व्यवसायी नेताहरु महासंघको नेतृत्व छान्ने रस्साकस्सीमा रहेका छन् ।

unnamedचुनावी माहौल बनाउन देशदौडामा निस्केका व्यवसायी नेताहरुले चुनावी माहौल तिहार अघिलाइ विटमार्दै धनकुटाको एतिहासीक पर्यटकिय स्थल भेडेटारमा जमघटमा छन् ।

अव महाधिवेशनको मिति सर्न हुन्न भन्ने मानशिकतकासाथ व्यवसायीक नेतृत्व चलायमान गराउन र मुलुक कोरोना भाइरसको संक्रमणको चपेटोमा परेकावेला केहि सार्थक प्रयास सहित निकाश दिन पनि नेतृत्व चयन अपरीहार्य भएको भन्दै व्यवसायीक नेताहरु कोरोनाको थ्रियटलाइ छिचोल्दै भेडेटारमा जम्मा भएका हुन् ।

आफु संक्रमित नबने, अनि अरुलाइ पनि संक्रमित बन्न नदिने अभियानसंगै अत्यन्तै स्वास्थ्य सावधानीका साथ धनकुटामा जुटेका व्यवसायीहरुले मुलुकमा संक्रमित नागरीकहरुको स्वास्थ्य उपचारमा पनि उद्योगी व्यवसायीहरु सरकारसंग साथमा साथ मिलाएर अघि बढ्ने उद्घोषसाथ देशदौडाहाको अभियानमा छन् ।

तिहार अघिको चुनावी अभियानलाइ विटमार्न मुलुकभरबाट विराटनगरमा ओर्लिएका उद्योगी व्यवसायीहरु अहिले किशोर प्रधानको गृहजिल्लामा छन् । किशोर प्रधानको गृहजिल्लामा व्यवसायीक नेतृत्व उतारेर अर्का वरीष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल चुनावी मैदानमा प्रधानकै गृहजिल्लामा शक्ति प्रदर्शन गरे ।

अहिले मुलुकभरका १ सय ६ वटा जिल्ला नगर उद्योग वाणिज्यसंघमा तेह्रवटा मा मात्रै किशोर प्रधान नेतृत्वको वाहुल्यता पाइएको प्रारम्भिक सर्वेक्षणमा स्पष्ट देखिएको छ । ‘हामी निर्विरोध रुपमै नेतृत्व चयन गर्न चाहन्थ्यौं, तर कोरोना भाइरसको संक्रमणका कारण त्यो माहौल बन्न सकेन, तर पनि हामी अधिवेशनको संघारमा आइसकेका छौं, अव अधिवेशन सर्ने अवस्था हुंनेछैन’—महासघंका पुर्ब अध्यक्ष चण्डिराज ढकालले पत्रकारहरुमाझ भने ।

त्यसैगरी जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार गुणनिधि तिवारीले पनि चुनावी माहौल बनाउन दुई दर्जन बढि केन्द्रिय सदस्यहरु साथमा लिएर चुनावी माहौलमा भेडेटार पुगेका छन् । आम व्यवसायीहरुका एजेण्डा बोक्दै आएका तिवारीको पनि चुनावी माहौल अत्यन्तै सन्नतोषजनक देखिएको र लोकपृय व्यवसायी नेताका रुपमा परीचित छन् ।