काठमाडौं, २८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

cpn_meeting सचिवालय बैठक दिउँसो ४ बजे बस्ने गरी बोलाइएको नेकपाले जनाएको छ । महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक तय भएको हो । नेकपाको विधानमा सचिवालय बैठक दुई अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ ।

यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा छलफल गरेर बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखितरुपमै आग्रह गरेका थिए ।