इन्द्रेणी संवाददाता
बैतडी, २८ कार्तिक । बैतडीमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ ।

accdentबैतडीको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस पाटन नगरपालिका वडा नं. ८ खोड्पे बजार नजिक गएराति करिब साढे १० बजेतिर सडकबाट खसेर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । बस दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।

८ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये बैतडीको दोगडाकेदार(६ का प्रहरी जवान रणबहादुर चन्द, नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल बडु र तारा गिरीको नाम खुलेको छ । उनीहरुका ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उपचारका क्रममा डडेल्धुरा अस्पतालमा कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की १५ वर्षीया कृतिका कार्कीको ज्यान गएको छ । अन्य घाइतेहरुको डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।