इन्द्रेणी संवाददाता

पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराको परिवारलाई भावुक समवेदनापत्र पठाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी समिति सदस्य समेत रहेका प्रभाकरले पत्नी वियोगमा रहेका महरालाई उच्च मनोबलका साथ पीडा समन गर्ने उर्जा प्राप्त होस् भन्दै आफ्नो सचिवालय मार्फत लिखित समवेदना पत्र पठाएका हुन् ।

केहि दिन अघि निमुनियाका कारण बिरामी भएकी महराकी धर्मपत्नी सीता महराको निधन भएकोमा नेता प्रभाकरले दुःख व्यक्त गर्दै लिखित समवेदना पत्र पठाएका हुन् ।

कोरोना संक्रमण कै कारण मृत्यु भएकी महरा पत्नीलाई सम्झन र पत्नी वियोगमा रहेका महरालाई समवेदना प्रदान गर्न आफू आउने मनसाय भएपनि प्रभाकर आफै पनि कोरोना संक्रमणका कारण आउन नपाएको भन्दै सचिवालयमार्फत पत्र पठाएका प्रभाकरका स्वकीय सचिव श्रीकुमार कठायतले बताए ।

आफू आउन नपाएकोमा दुख व्यक्त गर्दै प्रभाकरले लेखेका छन् -‘कोरोना महामारीले बिश्व आक्रान्त भएसँगै हामीहरु पनि यस महामारी बाट अछुतो रहन सकेका छैनौं । कोरोनाको यो लडाइमा हामीले पनि आफन्तहरु गुमाउनु पर्दाको पिडाका साथ बाच्नु परेको छ ’– शर्माले पठाएको समवेदनापत्रमा भनिएको छ– ‘आदरणीय क। सीता महराको कोरोनाका कारण देहान्त भएको दुःखद घटनाबाट हामी सबै दुखी र स्तब्ध भएका छौं । यस दुःखद घडीमा कोरोना संक्रमणको कारण स्वयम उपस्थित हुन सकेन तसर्थ मैले मेरो सचिवालय मार्फत समवेदना पत्र पठाएको छु ।’

उहाँले सीता महराप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँसँगका सहकार्यको स्मरण पनि गरेका छन् । ‘सीता मेडमसँग जनयुद्धको समयदेखि गरेको सहकार्य, पारिवारिक सम्बन्ध, पार्टी नेतृत्वसँगको सम्बन्ध र सहकार्यको स्मरण गर्दछु । उहाँको सरलता दुःख कष्टलाई सामान्य रुपमा पचाउने क्षमता धैर्यताको साथ साथै यहाँको योगदानको सम्मान गर्दछु ।’