देउखुरी, ३० असार ।
देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्रले गत बैशाख देखि सुरु गरेको निःशुल्क आधारभूत कम्प्युटर तालीमको आज एक कार्यक्रमको आयोजना गरी समापन तथा नयाँ तालीमको उद्घाटन गरीएको छ ।com

पुस्तकालयको सुचना तथा संचार प्रविधि उप–समितीका संयोजक पटवारी यादवको अध्यक्षता र श्रोतकेन्द्रका अध्यक्ष हरी पोख्रेलको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा गढवा गाबिसका पुर्व अध्यक्ष भगवति प्रसाद चौधरी, नेपाली काँग्रेसका तेज प्रसाद न्यौपाने, नेकपा एमालेका क्षेत्रिय सदस्य कालीराम चौधरी, राष्ट्रिय जनमोर्चा क्षेत्र नं १ का अध्यक्ष गुणनिधि शर्मा,सहभागी यशोधा पोख्रेल र प्रशिक्षक तुलाराम चौधरी लगाएतले बोल्नु भएको थियो ।

सो अवसरमा तालीम लिईसकेका ३५ जनालाई प्रमाण–पत्र प्रदान गरीएको थियो । कार्यक्रममा तालीम अवधिभर अनुशासित देखिएका गंगापरस्पुरका फिरोज खाँन,सबैभन्दा बढि हाजिर हुने गढवाका प्रतिमा चौधरी र परिक्षामा उत्कृष्ट अंक ल्याउने गढवाका सरीता पोख्रेललाई पुरस्कृत गरीएको थियो ।

महिला उपसमितीका संयोजक ओभा पाठकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा आधरभूत कम्प्यूटर तालिममा सहभागी हुन आउनुभएका थप ३५ जना लाई स्वागत गरिएको थियो । देउखुरी सामुदायिक पुस्तकालयले एक चरणमा ३५ जनालाई निःशुल्क आधारभूत कम्प्युटर तालीम दिईरहेको अध्यक्ष हरी पोख्रेललाई उदृत गर्दै गढवाबाट पत्रकार शिबराज पन्थीले जानकारी दिनु भएको छ ।।