जितेन्द्र बुढाथोकी
रुकुमकोट, २५ कार्तिक । रुकुम पूर्वका सासंदहरुले निर्माणाधिन रुकुमकोट चुन्वाङ सडकखण्डको अनुगमन गरेका छन् । सासंदहरु भौतिक पूर्वाधार विकास समिति सभापति आशा स्वर्णाकार, संविधानसभा सदस्य जुनकुमारी रोका र प्रदेशसभा सदस्य तेजबहादुर ओलीले आज मंगलवार जिल्लाको सिस्ने गाउँपालिका ५ स्थित नमस्तेको टावरदेखि भुमे गाउँपालिका ८ मैहिबाङ होर्दिङसम्मको करिव ९ किलोमिटर निर्माणाधिन सडकको अनुगमन गरेका हुन् ।

ddअनुगमन टोलीमा जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओली, उपप्रमुख भिमकुमारी पुन, प्रमुख जिल्ला अधिकारी राजकुमार राई, भुमे गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्ट, ५ नम्बर वडा अध्यक्ष शान्तेबहादुर विक, सिस्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाल, जिल्ला समन्वय अधिकारी बिमला रोका श्रेष्ठ लगायतको सहभागिता थियो ।

प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको जिल्लाकै महत्वपूर्ण निर्माणाधिन सडकखण्डको अवस्था बुझन अनुगमन गरिएको लुम्बिनी प्रदेश भौतिक पूवार्धार विकास समिति सभापति आशा स्वर्णाकारले बताइन् । अनुगमनका क्रममा सिस्ने ५ स्थित नमस्तेको टावरदेखि होर्दिङ नजिकसम्मको सडकको अवस्था हेर्दा काम ठिकै गरेको पाइएको स्वर्णाकारको प्रतिक्रिया थियो । उनकाअनुसार नमस्तेको टावरदेखि महिबाङ गाउँ माथिसम्मको करिव ८ किलोमिटर सडकको ट्रयाक खोली सकिएको छ ।

ddअब होर्दिङसम्म पुग्न करिव पाचँ सय मिटर सडकको ट्रयाक मात्र खोल्न बाँकी छ । सडकको ट्रयाक खोलिएको करिव ६ किलोमिटर क्षेत्रमा वाल लगाउने साघुरो सडकलाई फराकिलो बनाउने काम सकिएको छ, भने बाकि २ किलोमिटर क्षेत्रमा वाल लगाउने र सडक फराकिलो बनाउने काम भइरहेको छ ।

प्रदेश सभा सदस्य तेजबहादुर ओलीले पनि समग्रमा अहिलेसम्मको काम सन्तोषजक रहेको बताए । ‘होदिङसम्मको सडकको गति ठिकै देखियो’, ओलीले भने, ‘अव उक्त सडकको जिरो पोइन्ट नजिक मैदान तिर थोरै विवाद छ त्यसैलाई मिलाउन बाँकी छ ।’

wwwमैदान स्थित पुरानो खानेपानी टयाङकी नजिक सडक कताबाट खन्ने भने विषयमा स्थानीयविच कुरा नमिल्दा केही विवाद देखिएको उनले बताए । तत्काल उक्त विवाद मिलाई सडकको ट्रयाक खोल्ने वातावरण बनाउन जिल्ला समन्वय समितिको टोलीलाई निर्देशन दिइएको ओलीको भनाइ छ । जति सक्दो छिटो चुन्वाङलाई सदरमुकाम रुकुमकोटसंँग जोडन रुकुमकोट खण्डमा तिव्र गतिमा काम भइरहेको छ ।
केही ढिला भएको उत्ता चुन्वाङ खण्डको पनि समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई तोकेता गर्ने र अटेरी गरे कार्वाहीको प्रकृया चाल्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको समेत ओलीले बताए ।