इन्द्रेणी संवाददाता
दाङ, २५ कार्तिक । कोरोनाको जोखिम बढ्दै गएको भन्दै दाङको बंगलाचुली गाउँपालिकाले पालिकाभित्रका विद्यालय अनिश्चितकालका लागि बन्द गरेको छ ।

school-bandaगाउँपालिकाकाले आज सूचना प्रकाशन गर्दै हाल प्रत्यक्ष रुपमा सञ्चालन भइरहेको शिक्षण सिकाइ क्रियाकलाप बन्द गर्ने जनाएको छ । तर विद्यालयमा प्रशासनिक काम भने हुने सूचनामा बताइएको छ । तुलसीपुर उपमहानगरपालिका ५ र ७ मा पनि विद्यालय बन्द गरिएको छ ।