तिर्थराज ज्ञवाली
देउखुरी, २४ कार्तिक । राप्ती गाउँपालिकामा ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सहयोगी सामग्री उपलब्ध गराइएको छ ।
राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समन्वयमा ९ वटै वडाका ३१४ वढी ज्येष्ठ नागरिकलाई थरमस र लाईट उपलब्ध गराईने मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका कार्यक्रम सहजकर्ता टिका बस्नेतले जानकारी दिए ।
आइतवारदेखि सहयोगी सामग्री वितरण सुरु गरिएको र आगामि शुक्रवारसम्म सबै ८० वर्ष माथिका ज्येष्ठ नागरिकको हातहातमा थरमस र लाईट उपलब्ध गराइने राप्ती गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जिवन कुमारी जिसीले जानकारी दिइन् ।
आइतवार वडा नं १, २ र ३ मा गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदी उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्ष जगत बहादुर थापा, तारा बहादुर डिसीलगायतको सहभागीता ज्येष्ठ नागरिकलाई सहयोगी सामग्री उपलब्ध गराइएको हो ।
यसै क्रममा राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समन्वयमा शिक्षा सुधार कार्यक्रम अन्तरगत नयाँगाउँ स्थित जनज्योति आधारभुत विद्यालयलाई बालविकासका विद्यार्थीलाई लक्षित गरी टेलिभिजन उपलब्ध गराइएको छ ।











