तिर्थराज ज्ञवाली
देउखुरी, २४ कार्तिक । राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा सञ्चालनमा रहेको एक मात्र कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर आगामि मंसिर १ गतेवाट बन्द हुने भएको छ ।

afafहालसम्म चार पालिकाका २५५ जना कोरोना संक्रमितलाई आइसोलेट गरी २४६ जनालाई डिसचार्ज गर्दैै हाल ९ जना मात्र रहेको आइसोलेसन सेन्टर बन्द हुने भएको हो ।

राप्ती प्राविधिक शिक्षालय राप्ती गाउँपालिकाको मौरीघाट दाङमा रहेको कोरोना विशेष देउखुरी आइसोलेसन रहेको कोरोना विशेष देउखुरी आइसोलेन सेन्टर रहेको भवन प्रदेश सभाको हिउँदे अधिवेसन तयारीको लागि आवश्यक पर्ने भएकोले चार वटै स्थानीय तहले आ आफ्नो पालिकामा आइसोलेसन सेन्टर सञ्चालन गर्ने गरी कोरोना विशेष देउखुरी आइसोलेन सेन्टर वन्द गर्ने निर्णय गरिएको हो ।

कोरोना विशेष देउखुरी आइसोलेसन केन्द्रका सञ्चालन तदर्थ समितिका अध्यक्ष नुमानन्द सुवेदी अध्यक्षतामा बसेको प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, लमही नगरपालिका उपाध्यक्ष देवका बेलवासे, गढवा र राजपुर गाउँपालिकाहरु अध्यक्ष शहजराम यादव, लोकराज केसी, लेफ्टीनेन्ट कर्णेल विजय बस्नेतलगायतको सहभागीता थियो ।

राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाहरुको संयुक्त लगानिमा सञ्चालनमा रहेको कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर सञ्चालानार्थ लागेको खर्च विवरण आइसोलेसन सेन्टर बन्द गरेपछि चारवटै स्थानीय तहको उपस्थितिमा सावर्वजनिक गर्ने र सोको व्ययभार चार पालिकाले वहन गर्ने निर्णय समेत गरिएको छ ।