काठमाडौं, २१ कार्तिक। प्रहरीले नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाखसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका २ का ४० वर्षीय व्यास गुप्ता रहेका छन् ।

nnशुक्रबार बिहान महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले उनलाई चन्द्रागिरी नगरपालिका २, नागढुङ्गाबाट नियन्त्रणमा लिएको हो ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक चेकजाँच गर्ने क्रममा गुप्ताको साथमा रहेको झोला र कम्मरपेटीमा लुकाइ राखेको १ हजार दरका नोट ४० लाख फेला परेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान शुरु गरेको नागढुंगा प्रहरीले जनाएको छ ।