इन्द्रेणी संवाददाता
काठमाडौं, २१ कार्तिक । नेपालमा आज शुक्रवार २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

koronaaपछिल्लो २४ घण्टामा ४ हजार ५०० डिस्चार्ज भएका छन् । योसँगै कूल डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हनार ९०८ पुगेको छ । यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ७० पुगेको छ ।

अब नेपालमा ३४ हजार नौ सय पाँच जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार दुई सय ५४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।