इन्द्रेणी संवाददाता
काठमाडौं, २० कार्तिक । नेपालमा आज विहीबार ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६८ जनाको आरटीपीसीआर परीक्षण गर्दा ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।

coronabata mrityuयोसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । हाल ३६ हजार ५१४ जनामा सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार आज मात्रै ३ हजार ४३० जना कोरोना निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ