तिर्थराज ज्ञवाली
देउखुरी, २० कार्तिक । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको बैठकले प्रदेशको स्थायी राजधानीको लागि स्थान, भौतिक निर्माण स्थल तथा राप्ती प्राविधिक शिक्षालयको बारेमा छलफल गरेको छ ।

IMG_6926लु्म्विनी प्रदेशको स्थायी राजधानीका लागि राप्ती गाउँपालिकाको सम्पूर्ण वडा, शितगंगा र गढवा गाउँपालिका समेत निर्णय भएकोमा राप्ती गाउँपालिकाको सार्वजनिक जग्गा, वनको खाली क्षेत्र तथा नदिकिनार गरी करिव १६ सय बढी जग्गा नियमानुसार उपलब्धताको लागि कार्य सुरु गर्ने गरी छलफल गरिएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकमा लु्म्विनी प्रदेशको प्रदेशसभा सञ्चालनका लागि राप्ती प्राविधिक शिक्षालयलाई ब्यवस्थापन गर्ने प्रदेश स्तरीयमा छलफल भइरहेकोले शिक्षालयको अध्ययन अध्यापनको बैकल्पिक ब्यवस्थाको लागि लालमटिया स्थित आदर्श नमुना विद्यालय, ऐरावती क्याम्पस र मौरिघाटको श्री माध्यामिक विद्यालयको जग्गा तथा भौतिक संरचना, गढवाको सरस्वती माध्यामिक विद्यालयको शिक्षा मन्त्रालय र सीटिभीटीले अवलोकन गर्ने बारेमा समेत जानकारी गरिएको छ ।

पछिल्लो समसामयिक विषय, कोरोना संक्रमण नियन्त्रणमा गाउँपालिका स्तरबाट भइरहेको प्रयास एवं विकास निर्माणर्को अवस्थाको बारेमा समेत बैठकका सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिएका छन् ।

बैठकमा गाउँपालिकामा सञ्चालन भइरहेको आर्थिक वर्ष २०७७/७८ को आइइ प्रतिवेदन स्विकृत गरी प्रचलित कानुन बमोजिम नदिजन्य पदार्थको ठेक्का कोवारेमा, राप्ती नदी तथा पर्यावरण सरक्षण समितिको विधान तथा कार्यविधी, राप्ती कृषि बहुउदेश्यीय सहकारी संस्था, कृषि विकास शाखाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्विकृत कार्यक्रम अनुसार को क्रियाकलाप, कर्मचारीको अन्तरस्थानीय तह सरुवाको लागि सहमति, राप्ती नदी बाहेक स्थानीय नदीबाट नदिजन्य पदार्थको बिक्री वितरण शुल्क, पत्थरगढवा र दोलाई खोला पुलको ठेक्का सम्झौताको म्याद, निर्माणाधिन पुलहरुको लागि अनुगमन निरिक्षण तथा प्राविधिक सहयोगका लागि परामर्शदाता छनौट लगायतका विषयमा बैठकमा छलफल गरि निर्णय गरिएको छ ।