काठमाडौं, १९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो रहरले भन्दा नागरिकको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको भन्दै राजीनामा नदिने स्पष्ट पारेका छन् ।

kp-oliबुधबार चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशका लागि भए पनि राजीनामा नदिने स्पष्ट पार्दै भने ‘तपाईँहरु विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन।’

कुनै पनि जाल, झेल तथा तिकडमबाट नभइ व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने द्विविधामा नपर्नसमेत ओलीले आग्रह गरे ।