इन्द्रेणी संवाददाता

काठमाडौं, १८ कार्तिक । नेपालमा आज सोमवार ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

koro१८६७ पुरुष र १२४७ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३१४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । पछिल्लाे २४ घण्टामा काेराेनाबाट २० जनाकाे ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेकाे  सङ्ख्या एक हजार चार पुगेकाे छ ।