इन्द्रेणी संवाददाता

काठमाडोैं, १८ कार्तिक । अवैध कारोबार हुन्डीको एक करोड रकमसहित काठमाण्डौबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

pakrauकेन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ओमबहालबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल रहेका छन् ।

उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले बताए ।