इन्द्रेणी संवाददाता
धादिङ, १८ कार्तिक । धादिङमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कारपियो कालुपाण्डे मार्गको ससाहमा सडकबाट झण्डै एक सय मिटर तल खस्दा पाँच जना घाइते भएका हुन् ।

accdentघाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई हेलिकप्टेरमार्फत उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अन्य घाइतेहरुको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।