इन्द्रेणी संवाददाता
बर्दिवास, १५ कार्तिक । महोत्तरीमा जुवाको खालबाट ३ जना पक्राउ परेका छन् । जुवा खेली रहेको अवस्थामा मनरासिसवा नगरपालिका(७ का विनोदकुमार साह, सरोजकुमार साह र सन्तोषकुमार साह पक्राउ परेका हुन् ।
आज बिहान करिब ४ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई मनरासिसवा नगरपालिका ६ बाँसघारीबाट नियन्त्रणमा लिएको हो ।











