तुलसीपुर, ४ कार्तिक । तुलसीपुर उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी र जिल्ला ट्राफिक प्रमुखलाई स्वागत गरेकोछ ।
संघका अध्यक्ष विरबहादुर रावत विरूको अध्यक्षतामा भएको कार्यक्रममा भर्खरै सरूवा भई आएका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र ट्राफिक प्रमुख थमन जिसीलाई स्वागत गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले शान्ति सुरक्षा अमनचयन कायम गर्न आफूले कुनै कसर बाँकी नराख्ने भन्दै सवैको साथ र सहयोग आवश्यक भएको वताए । ट्राफिक प्रमुख थमन जिसीले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणमा सवैले साथ सहयोग आवश्यक रहेको बताएका थिए ।











