काठमाडौं, २९ असोज । काठमाडौंको सोह्रखुट्टेमा खाना पकाउने ग्यासँको सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् । नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्याँस सिलिण्डर विष्फोट भएको प्रहरीले जनाएको छ ।
घाइते ११ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ । विष्फोटपछि घरमा आगलागीसमेत भएको थियो तर अहिले आगलागी नियन्त्रणमा आएको प्रहरीले नायब निरीक्षक रामकुमार घिमिरेले जानकारी दिएका छन् । विष्फोटका कारण घरमा समेत क्षति भएको छ ।











