जितेन्द्र बुढाथोकी / रुकुमकोट

रुकुम पुर्व २९, असोज । बि.ए.ल. बि गेस्ट हाउसको आर्थीक सहयोगमा अनेरास्ववियू रुकुम पूर्वले एज बिधालय लाई मास्क र सेनिटाईजर बितरन गरेको छ । कोरोना संक्रमणको जोखिमबाट बच्न विद्यालयमा एक कार्यक्रम का बिच मास्क, सेनिटाइजर वितरण गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएको बेला स्वास्थ्य्य सुरक्षाका मापदण्ड पालना गरेर शैक्षिक क्रियाकलाप सञ्चालन भैरहेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरि त्रिभुवन जनता माबि छिप्रिदहमा स्वास्थ्य सामाग्री वितरण गरेको हो । आज बिधालय मा पुगेर पाच सय पिस मास्क र सेनिटाईजर बितरन गरिएको हो ।

वि.एल.वि. गेष्ट हाउसका सञ्चालक विनाेद के सीको आर्थिक सहयोगमा अनेरास्ववियू रुकुम पूर्वका संयोजक रेवन खड्काले प्रधानाध्यापक माेहन बहादुर के सीलाई स्वास्थ्य सामाग्री(मास्क, सेनिटाइजर) हस्तान्तरण गरेका छन ।

संयोजक खड्काले भनेः कोरोनाको जोखिम कायमै रहेको यो समयमा विद्यालयका पठनपाठन सञ्चालन भैरहेका छन । तसर्थ विद्यार्थीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने विषयमा जनचेतना र स्वास्थ्य सामाग्री हस्तान्तरणको अभियान जिल्ला व्यापी रुपमा सञ्चालन गर्दै जाने बताउनु भएको छ ।