तिर्थराज ज्ञवाली
देउखुरी, २९ असोज । राप्ती क्षेत्रका गरिव तथा विपन्न कृषक परिवारको छनौट गरी नामसालिङ विकास केन्द्रले बिउपल उपलब्ध गराएको छ ।

namsaling zराप्ती गाउँपालिकासँंगको समन्वयमा एकीकृत परियोजना सञ्चालन गर्दै आएको नामसालिङले वडा नं १ देखि ९ सम्मका करिव ४ सय जना किसानलाई उन्नत जातको गहुँको विउ, प्रथम पुस्ता र दोस्रो पुस्ताको आलुको विउ तथा करिव ४५० घरधुरीलाई पुग्ने गरी तरकारी, प्याज, रायो, मुला, गाँजर, सिमी, खुर्सानी लगायतको बिउ उपलब्ध गराएको हो ।

पोषण, कृषि, जलवायु परिवर्तन अनुकुलन, आयआर्जन वृद्धि, सुशासन तथा सामाजिक समावेशीकरण को क्षेत्रमा काम गर्दै आएको नामसालिङ विकास केन्द्रले कृषकलाई कृषि खेती प्रणालीको जानकारी दिदै विउ उपलब्ध गराएको कृषि अधिकृत शंसाङ्कवावु आचार्यले जानकारी दिए ।

राप्ती गाउँपालिकाका विभिन्न २३ गाउँका गठित कृषक समुहका २ सय वढी कृषक परिवारलाई गहुँ, आलु तथा तरकारीका बिउ उपलब्ध गराइएको हो । राप्ती गाउँपालिका सँगको समन्वयमा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत कृषकलाई बिउपल उपलब्भ गराइएको हो ।