काठमाडौं,३० असार प्रमुख सत्ता साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पनि प्रधानमन्त्रीले राजीनामा नदिने संकेत पाएपछि कांग्रेस र माओवादी केन्द्रले बुधबार संसदमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

KP-Sharma-Oli-Nepal-Prime-Ministerउता प्रधानमन्त्री ओली भने राजिनामा नदिने बरु डटेर अविश्वासको प्रस्तावको सामना गर्ने निर्णयमा पुगेक छन् । आफु अल्पमतमा पर्ने प्राय निश्चित हुँदा हुँदै पनि ओली ले राजिनामा किन दिएनन ? यसका पछाडि केही कारण छन् ।

सिधै राजिनामा दिएर सरकार गठनको नयाँ प्रक्रिया लाइ बाटो खोलिदिनुको साटो अविश्वासको प्रस्ताब मा तर्क बितर्क गर्न पाइने भएकाले आफ्नो सरकारको औचित्य पुष्टिका लागि र अविश्वासको प्रस्ताव आउनुको कारणलाई संसदीय प्रक्रियाबाटै खण्डन गर्न गतिलो फोरुमको लागि ओली ले विश्वासको प्रस्तावको सामना गर्दैछन ।