दिपक वोहरा
प्रजातान्त्रिक यातायात ब्यबसायी समितिका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले यातायात ब्यबसायीहरुलाई उपेक्षा गरेको गुनासो गरेका छन् । प्रजातान्त्रिक यातायात ब्यबसायी संघ राप्ती अञ्चल समिति गठन कार्यक्रमलाई सम्वोधन गर्र्दै उनले सरकारले कृषि मन्त्रालयलाई फुटाएर पशु मान्त्रालय थप्ने तर यातायातलाई अरु मन्त्रालय संगै राखेर यातायात क्षेत्रलाई उपेक्षा गरेको बताए । उनले यातायात क्षेत्रको छुट्टै मन्त्रालयको माग गरे । छुट्टै मन्त्रालय नहुँदा सम्म यातायात क्षेत्रको पिडा सम्बोधन हुन नसक्ने उनको तर्क थियो ।

13689415_574417716079493_1629535926_nकार्यक्रमका प्रमुख अतिथि उनले भने ‘सरकारले कृषि मन्त्रालयलाई फुटाएर पशु मन्त्रालय बनाउन मिल्ने तर यातायातलाई भने कहिले श्रम मन्त्रालयमा गाभ्ने र कहिले भौतिक मन्त्रालय संग गाभ्ने गलत काम गर्दै आएको छ ।’ यातायात क्षेत्रका समस्या समाधानका लागि छुट्टै मन्त्रालय निर्माण गरिनुपर्ने अध्यक्ष कर्माचार्यले जोड दिए । कार्यक्रमका बिशिष्ट अतिथि नेपाली काँग्रेसका नेता एवं सांसद बुद्धिराम भण्डारीले यातायात क्षेत्रलाई सरकारले छुटै मन्त्रालयको ब्यबस्था गर्न नसक्दा यातायात क्षेत्रको सही ब्यबस्थापन गर्न समस्या देखिएको बताए । उनले गाडिमा यात्रा गर्दा यातायात ब्यबसायीले अस्लिन शब्द प्रयोग गर्ने भएकाले त्यो ब्यबहार सुर्धान पनि अनुरोध गरेका थिए ।

प्रजातान्त्रि यातायात ब्यबसायीले दुर्घटना कम गर्न सक्नु पर्ने , यातायात ब्यबसायी बीचको द्धण्द अन्त्य गर्न सक्नु पर्ने , १ सिट १ यात्रुको ब्यबस्था , यात्रुलाई असल ब्यबहार गर्नु आवश्यक रहेकोले त्यही अनुरुपले विकास गर्न सांसदको सल्लाह थियो । त्यस्तै कार्यक्रमका अर्का बिशिष्ट अतिथि नेपाली काँग्रेसका नेता एवं सांसद डिल्लीबहादुर चौधरीले यातायात ब्यबसायी र मज्दुरका बीचमा सदभाव र एकतामा जोड दिएका थिए । उनले भने ‘याताया क्षेत्रको सुधारका लागि सबैभन्दा पहिला मजदुर र मालिकका बीचमा राम्रो उम्वन्ध अनि विश्वास चाहिन्छ ।’ सांसद चौधरीले थपे ‘ यात्रु नै आयस्रोत हुन र यात्रुलाई सम्मानीत व्यवहार गर्नै सके यातायात क्षेत्र मर्यादित बन्दै जाने छ ।’

कार्यक्रममा प्रजातान्त्रि यातायात ब्यबसायी समितिका सह–सचिब शुरेस हमालले यात्रुहरुलाई स्वच्छ प्रतिपर्धा बाट सेवा प्रदान गर्न तयार रहेको बताए । राप्ती अञ्चल सार्बजानिक बस ब्यबसायी समितिका अध्यक्ष समेत रहेका हमालले जहाँ सडक त्यहाँ यातायातको अबधारणा राप्ती समितिले लिएको बताए । तर उनले प्रालिमा दर्ता भएर सञ्चालनमा आएका यातायतका साधनहरु मापदण्ड अनुसार सञ्चालन गरिनुपर्ने पनि बताएका थिए ।

नेपाल राष्ट्रिय यातायात ब्यबसायी महासंघका राप्ती अञ्चल संयोजक भरतनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल काग्रेस दाङका जिल्ला समिति सदस्य टेकबहादुर ओली , प्रजातान्त्रिक यातायात ब्यबसायी संघका केन्द्रीय उपाध्यक्ष बिजयबहादुर स्वाँर , सचिब केदार पौडेल , सदस्य पुष्पा श्रेष्ठ, कान्छाराम बल , चिन्तामनी शर्मा , राप्ती सार्बजानिक यातायात बस ब्यबसायीक समितीका पुर्ब अध्यक्ष देवीबहादुर डिसी लगायतले मनतब्य राखेका थिए । त्यस्तै काग्रेस क्षेत्र नं.४ का सभापति जगतबहादुर खडका, क्षेत्र नं. ५ का सभापति बशन्त देवकोटा, काग्रेस महाधिबेशन प्रतिनिधि तेजबहादुर बस्नेत , तुलसीपुर नगर समितिका कार्यवहाक अध्यक्ष भिम प्रशाद भण्डारी , महादेब शाह, काँग्रेस सल्यान क्षेत्र नंबर २ का सभापति सन्तोष केसी, दाङ जिल्ला महिला संघकी अध्यक्ष गोमा रावत , तरुण दल दाङका अध्यक्ष टिका घर्ती , तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजाल, प्रजातान्त्रिक उद्योग बाणिज्य संघका अध्यक्ष जनक खराल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

संघका राप्ती अंचल संयोजक यमकान्त भण्डारीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव उमेशचन्द मजगैयाले गरेका थिए । भेलामा राप्तीका दाङ, सल्यान, रुकुम, रोल्पा, प्यूठानका यातायात व्यवसायीको सहभागीता रहेको थियो । कार्यक्रममा तुलसीपुर जिप तथा माइक्रो मिनि वस समितिका अध्यक्ष पवनराज वुढाथकोकी, स्वर्गद्धारी समितिका अध्यक्ष सुनिल वस्नेत र जलजलका अध्यक्ष तेजविक्रम रावतलाई सम्मान गरीएको थियो ।