इन्द्रेणी संवाददाता
दाङ, २८ असोज । नजिकिदै गरेका दशै, तिहार र छट पर्वको सुरक्षाका लागि लुम्बिनी प्रदेशमा सात हजार बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् ।
चाडपर्व लक्षित सुरक्षाअन्तर्गत पेट्रोलियम, चेकजाँचलगायतका काममा ७ हजार २३३ प्रहरी परिचालन गर्न लागिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विशेष गरी चाडपर्वमा हुने चोरी तस्करी, अपराधिक गतिविधिलगायतलाई नियन्त्रण गर्दै नागरिक सुरक्षाका लागि प्रहरी परिचालन गर्न लागिएको बताइएको छ ।












