इन्द्रेणी संवाददाता
बुटवल, २८ असोज । लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण देखिएको छ । मंगलवार साँझ स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै प्रदेशसभा सचिवालयका ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश सभा सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायतमा कोरोना संक्रमण देखिएको बताइएको छ । जसमा मर्यादापालक ८ र सुरक्षाकर्मी ७ जनामा समेत संक्रमण देखिएको स्वास्थ्य निरीक्षक डिलाराम भुसालले बताए ।
सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार सचिवालयमा कार्यरत ९५ जनाको स्वाव संकरलन गरी परिक्षणमा पठाइएको थियो । त्यसमध्ये १० जनाको नतिजा आउन अझै बाकी छ ।











