इन्द्रेणी संवाददाता
काठमाडौं, २७ असोज। नेपालमा आज मंगलवार थप ३ हजार ५५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि भएको हो ।

koronaयोसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम जानकारी दिएका छन् ।
वितेको २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोनाबाट मर्नेको संख्या ६६३ पुगेको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ७९५ जना रहेका छन् । मंगलवार मात्रै १ हजार ५०३ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ छ ।