इन्द्रेणी संवाददाता
तनहुँ, २७ असोज। कोरोना संक्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । भिमाद नगरपालिकाका ९८ वर्षीय धर्मकुमार श्रेष्ठ, निजका छोराहरु ७४ वर्षका कृष्णकुमार र ७१ वर्षका विष्णुकुमारको ज्यान गएको हो ।

coronaधर्मकुमार राजधानीको विएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने उनका माइलो छोराको कृष्णकुमारको पनि राजधानीमै उपचारको क्रममा मृत्यु भएको थियो । साइलो छोरो विष्णुकुमारको सोमबार मृत्य भएको छ ।

तीनै जनाको कोरोनाबाट मृत्यु भएको जेठो छोरा ७७ वर्षका रामकुमार श्रेष्ठको राजधानीमै सघन कक्षमा उपचार भइरहेको छ । धर्मकुमारका नौ जना परिवारमा कोरोना संक्रकण देखिएको थियो । एकै परिवारका तीन जनाको ज्यान गएपछि भिमादीवासीहरु आतंकित भएका छन् ।