काठमाडौं, ११ असोज । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बसेका छन् । कोरोना सङ्क्रमितको सम्पर्कमा आएपछि थापा शनिबारबाट क्वारेन्टिनमा बसेका हुन् ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टिनमा छन् । निर्देशनालयले भान्छामा कार्यरत सदस्यमा शनिबार कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।











