इन्द्रेणी संवाददाता
काठमाडौं, ११ असोज । नेपालमा आज आइतवार थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

koronaaवितेको २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुुमाउनेको संख्या ४७७ पुगेको छ ।

होम आइसोलेसनमा हाल १० हजार ६९८ जना रहेका छन् । संस्थागत आइसोलेशनमा ८ हजार ३२१ जना रहेका छन् । हाल देशभर १९ हजार १९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हाल क्वारेन्टाइनमा ६ हजार २८१ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ भने आइतवार मात्रै थप ८८५ जना डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६३३ जना, ललितपुर जिल्लामा १०४ जना र भक्तपुर जिल्लामा ७२ जनालाई संक्रमण पुष्टि भएको हो ।