दैलेख, १० असोज । बालविवाह गर्ने दुई जोडी पक्राउ परेका छन् । दैलेख नौमूले गाउँपालिका वडा नंं ३ द्वारीगाउँका १७ वर्षका किशोर र नौमूले गाउँपालिका वडा नं. ५ नौमूले गाउँकी १६ वर्षकी किशोरीलाई बालविवाहको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बालविवाह गरेको सूचनाका आधारमा उनीहरुलाई नौमूले गाउँपालिका ३ द्वारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनमोल श्रेष्ठले बताए ।
त्यस्तै डुंगेश्वर गाउँपालिका ४ अवलपराजुलका २७ वर्षका युवाले डुंगेश्वर गाउँपालिका ३ चौखडाकी १५ वर्षकी किशोरीलाई विवाह गरेको आरोपमा दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मुलुकी अपराध सहिंता ऐन २०७४ ले उमेर २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह मानेको छ । बालविवाह गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैंयाँसम्म जरिवाना तोकिएको छ ।











