तिर्थराज ज्ञवाली
देउखुरी, ९ असोज । दाङ जिल्लाको राप्ती गाउँपालिका स्वास्थ्य शाखाले गत वर्षको स्वास्थ्यको वार्षिक समिक्षा गदै कोभिडका कारण पुर्ण रुपमा उपलब्धि हासिल गर्न नसकिएको निकष्र्ष निकालिएको छ ।

IMG_4705गत आर्थिक वर्षमा भएगरेका स्वास्थ्य गतिविधि बाट यस आर्थिक वर्षमा थप नयाँ तथा सुधारका क्रियाकलाप लाई अघि बढाउने उदेश्यका साथ समिक्षा कार्यक्रम गरिएको थियो ।

राप्ती गाउँपालिका स्वास्थ्य संस्था बाट गत वर्षमा प्रदान गरिएका सेवा सुविधा तथा कठिनाइका वारेमा विश्लेषण सहित समिक्षा गरिएको हो ।
जनप्रतिनिधि, स्वास्थ्य कर्मचारी, जिल्ला जनस्वास्थ्य कार्यालय प्रतिनिधि, विश्वस्वास्थ्य संगठन नेपाल प्रतिनिधि, तथ्याङ कार्यालय प्रतिनिधि सहितको समिक्षा कार्यक्रममा राप्ती गाउँपालिकाका २ वटा स्वास्थ्य चौकी, र ३ वटा स्वास्थ्य ईकाइले प्रदान गरेका जन स्वास्थ्यका विषयमा प्रमुहरुले प्रतिवेदन पेश गरेका थिए ।

सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको संयोजकत्वमा भएको समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख डा. अंगदबहादुर शाही, वडा अध्यक्ष जगतबहादुर थापा, विश्वस्वास्थ्य संगठन नेपाल प्रतिनिधि डा. पवन कुमार उपाध्याय लगायतले राप्ती गाउँपालिकाको स्वास्थ्य संस्थाको गत वर्षको प्रगतिको समिक्षा तथा सुधारको विषय तथा कोभिड १९ को प्रभाव र बच्ने उपायका वारेमा विश्लेषणात्मक विचार ब्यक्त गरेका थिए ।

कार्यक्रममा समग्र गाँउपालिकाको स्वास्थ्य प्रमुख नारायण राउत र सिसहनिया स्वास्थ्य चौकीको गत वर्षको प्रगति विवरण प्रमुख धनबहादुर खड्का, लालमटिया स्वास्थ्य चौकीका प्रमुख गीरबहादुर पौडेल, मौरीघाट स्वास्थ्य ईकाईको प्रगति विवरण प्रमुख जानकी रोका, पत्थरगढवा स्वास्थ्य ईकाईको प्रगति विवरण प्रमुख चन्द्रा चौधरी, देविकोट स्वास्थ्य ईकाईको प्रगति विवरण प्रमुख कार्कीले स्वास्थ्यका विषयमा प्रमुहरुले प्रतिवेदन पेश गरे ।