इन्द्रेणी संवाददाता
काठमाडौं, ८ असोज । नेपालमा आज बिहीवार थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । वितेको २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणका कारण ४५३ जनाको मृत्यु पुष्टि भएको छ । अहिलेसम्म कुल डिस्चार्ज हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।
बिहीवारमात्रै थप ४५७ जना डिस्चार्ज भएर घर गएका छन् । प्रवक्ता गौतमले अहिलेसम्म नेपालमा पीसीआर परीक्षण संख्या ९ लाख ५५ हजार ९२३ पुगेको बताए ।











