इन्द्रेणी संवाददाता
पाल्पा, ८ असोज । गएराति आएको पहिरोमा परी पाल्पामा पाँच जना पुरिएका छन् । रम्भा गाउँपालिका वडा नंं. २ का होमबहादुर गाहाको घर पहिरोले पुरिएर घरमा सुतिरहेका पाँच जना वेपत्ता भएको पाल्पा प्रहरीले जनाएको छ ।

pairoपहिरोमा पाँच जना पुरिएको खबर प्राप्त भएको र घटनास्थल टाढा भएकाले घटनास्थलतर्फ हुंगी प्रहरी चौकीबाट प्रहरीको टोली त्यहाँ गइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले जानकारी दिएका छन् ।

यता स्याङ्जामा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गएको छ भने ८ जना पुरिएका छन् । अर्का एक जनाको उद्धार गरिएको छ ।
वालिङ नगरपालिका १४ मा माया परियारको घर पहिरोले भत्काएको प्रहरीले जनाएको छ ।

घरभित्र १० जना रहेकामा अहिलेसम्म एक जनाको शव निकालिएको र अर्का एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।