देउखुरी, ५ असोज । ‘संविधान दिवस राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने मुल नारा सहित राप्ती गाउँपालिकाका कर्मचारीबीच भएको मौत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएकोमा मनिशलाल चौधरी र शेरबहादुर हमाल रिजालको टोली प्रथम भएको छ ।

IMG_4523संविधान दिवश २०७७ को अवसरमा राप्ती गाउँपालिकामा कार्यरत कर्मचारीहरुविच गत शुक्रवार देखी ब्याडमीन्टन प्रतियोगीताको सुरु गरिएको थियो । शुक्रवार सुरु भएको खेलमा ब्याडमिन्टन प्रतियोगीतामा १६ टिमको सहभागीता रहेको थियो । राप्ती गाउँपालिकाले असोजको २ गते देखी ४ गते सम्म घरघरमा दीप प्रज्वलन र राष्ट्रिय झण्डा समेत फहराईएको छ ।

आयोजित खेलमा पुरुष कर्मचारी ब्याडमिन्टन प्रतियोगीतामा मनिशलाल चौधरी र शेरबहादुर हमाल रिजालको टोली प्रथम भएको छ । साथै महिला कर्मचारी ब्याडमिन्टन प्रतियोगीतामा अनामिका चौधरी र हेमन्ता रेग्मीको टोली प्रथम भएको छ । त्यस्तै पुरुष कर्मचारी ब्याडमिन्टन प्रतियोगीतामा विश्वास विक र शरद पुरीको टीमले दृतिय स्थान प्राप्त गरेको छ ।

महिला कर्मचारी ब्याडमिन्टन प्रतियोगीतामा भारती सन्यासी र कमला न्यौपानेको टिमले दृतिय स्थान प्राप्त गरेको छ । तृतिय स्थान पुरुष तर्फ बालचन्द्र गुरुङ र निर्मल शर्मा को टिमले हात पारेको छ भने महिला तर्फ सञ्चिता पौडेल र भगवता सुवेदिको टिमले तृतिय स्थान प्राप्त गरेको छ ।