इन्द्रेणी संवाददाता
काठमाडौं, ५ असोज । कोरोना संक्रमणका कारण छ महिनाभन्दा बढी समयपछि आज सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदैछ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि उडान सुचारु हुन लागेको हो ।

nepal-airlinesआजदेखि हुने उडानका लागि नियामक उड्डयन प्राधिकरणले सबै तयारी पूरा भएको जनाएको छ । उडान सञ्चालनका लागि निर्धारण गरिएको सम्पूर्ण स्वास्थ्य मापदण्ड विमानस्थलमा अपनाइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

लामो समयपछि खुला भए पनि आन्तरिक उडानको टिकट बुकिङ उत्साहजनक नै रहेको छ । यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार सोमबारको उडानका लागि ७० प्रतिशतसम्म टिकट बुकिङ भएको छ ।