इन्द्रेणी संवाददाता

घोराही उपमहानगरपालिका – १० उत्तरअम्राइमा करेन्ट लागेर मृत्यु भएका बालबालिका लाई स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले सहयोग प्रदान गरेको छ ।

केहि दिन अघि करेन्ट लागेर मृत्यु भएका घोराही १० उत्तरअम्राइका चार वर्षीया रेणुका चौधरी, आठ वर्षीय प्रशान्त चौधरी र तीन वर्षीय अमृत चौधरीको घरमा पुगेर संस्थाले सहयोग गरेको इलाका कार्यालय घोराही दाङका इलाका प्रबन्धक मोहितनारायण यादवले जानकारी दिए ।

प्रबन्धक यादवका अनुसार केहि दिन अघि स्थानीयवासी एक व्यक्तिको निधन भएका घरमा शुद्धशान्तिका लागि मोटर जोडेर कुलामा पानी तानिरहेका अवस्थामा सोही पानीमा पौडी खेलिरहेका बालबालिकालाई पानीबाट करेन्ट लागेको थियो ।

यसरी अबोध बालबालिकाको करेन्ट लागेर मृत्यु भएपछी लघुवित्त वित्तीय संस्थाले पीडित परिवारलाई किरियाखर्च होस् भनेर थोरै भएपनि सहयोग गरेको बताए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहयोग रकम बुझ्दै मृतकका आफन्तहरुले वित्तिय संस्थाले गरेको सहयोग रकमले आफुहरुलाई थोरै भएपनि खुसी प्रदान गरेको बताए ।

दुखका बेलामा संस्थाले सहयोग गरेकोमा आलो घाउमा थोरै भएपनि मलहम लगाएको आफुहरुले अनुभूत गरेको भन्दै स्थानीय सरकार संग पनि सहयोगको अपेक्षा रहेको पीडित परिवारले बताए ।

त्यस्तै सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमको अध्यक्षता गरेका घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगीले लघुवित्त वित्तिय संस्था लिमिटेडले पैसाको कारोबार मात्र नभएर परेका बेला समाज सेवा समेत गर्छ भन्ने ज्वालन्त उदाहरण संस्थाले गरेको सहयोग भएको बताए ।

आफ्नो वडाका नागरिकहरुमा पर्न गएको बज्रपातमा मल्हम लगाउन आएको प्रति संस्थालाई धन्यवाद दिदै अन्य यस्था संघसंस्थाले पनि सक्दो समाजसेवा गर्नुपर्ने उनको भनाई रहेको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा लघुवित्त वित्तिय संस्था लिमिटेड इलाका कार्यालय घोराही दाङका इलाका प्रबन्धक मोहितनारायण यादव, शाखा कार्यालय नारायणपुर दाङका शाखा प्रबन्धक बिनोद लम्सालको उपस्थिति रहेको थियो भने संस्थाका सहायक कर्मचारी निशान्त जीएमले कार्यक्रमको सहजीकरण गरेका थिए  ।