इन्द्रेणी संवाददाता
रोल्पा, २६ चैत्र
रोल्पाको होलेरीवाट होलेरी साप्ताहिक पत्रिका प्रकाशनमा आएको छ । सदरमुकाम लिवाङदेखि करीब २८ कोष दक्षिण पश्चिम भेगमा अबस्थित होलेरी वजारवाट सदरमुकाम वाहिरको पत्रिकाको रुपमा होलेरी साप्ताहिक पत्रिका सन्चालनमा आएको हो ।
पत्रिकाको रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बिमोचन गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी शर्माले पत्रिकाले दुरदराजमा लुकेका कुरालाई वाहिर ल्याउन, किसानका समस्या, उनीहरुले गरेका सराकात्मक आवाज वोल्दै सामाजिक विकासमा भुमिका खेल्नुपर्ने वताउनुभयो ।
अर्को प्रसंगमा शर्माले रोल्पामा बालबिबाह र सानैमा पढाइ छोडेर बिदेश जाने कुरा प्रमुख समस्याको रुपमा देखिएको भन्दै त्यसमा सकारात्मक भुमिका खेल्न पत्रिकालाई सुझाव दिनुभयो । पत्रिकाका प्रधान सम्पादक नरेन्द्रध्वज डिसी, प्रकाशक सन्तोष शर्मा र अतिथी सम्पादक भरत केसीले रहनुभएको छ ।।