इन्द्रेणी संवाददाता
रूपन्देही, १७ भदौ । भैरहवाको भीम अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

deth-coronaस्वास्थ्यमा जटिल समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचार गराइरहेका ती ६५ वर्षीया महिलालाई भदौ १५ गते भीम अस्पताल ल्याएर उपचार भइरहेको थियो ।

नवलपरासी पश्चिम, रामग्राम–५ की ती संक्रमित महिलाको गएराति पौने १० बजेतिर मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिएका छन् । उनको मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो ।