इन्द्रेणी संवाददाता
काठमाडौं, १७ भदौ । अस्पातलका १२ जना डाक्टरसहित ७१ जनामा कोरोना संक्रमण देखिएपछि काठमाडौंस्थित वीर अस्पतालको ओपीडी सेवा बन्द भएको छ ।

birअस्पातलका १२ जना डाक्टर र १२ जना नर्ससहित ७१ जनालाई कोरोना संक्रमण पुष्टि भएकाले संक्रमण अन्य व्यक्तिमा नजाओस् भनेर अस्पतालको सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर केदारप्रसाद सेन्चुरीले जानकारी दिएका छन् ।

सरसफाई लगायत अन्य कर्मचारीमा पनि कोरोनाको संक्रमण फैलिएको पाइएको छ । यसरी संक्रमण फैलिन थाले पछि अस्पतालले विज्ञप्ति निकालेर आज र भोलि दुई दिनका लागि अस्पतालको ओपीडी सेवा बन्द गरेको बताएको छ । तर आकस्मिक सेवा, फेभर क्लिनिक, आइसीयू, इन्डोर सेवा, पीसीआर ल्याब र प्रशासनका सेवाह भने खुला रहने छन् ।