इन्द्रेणी संवाददाता
काठमाडौं, १७ भदौ। नेपाल आयल निगमले पेट्रोलको मुल्य बृद्धि गरेको छ ।
मंगलवार राति १२ बजेबाट निगमले प्रतिलिटर २ रुपैयाँले मुल्य बढाएको हो । डिजेल र मट्टितेल, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।
योसँगै अब पेट्रोलमा प्रतिलिटर १ सय ७ रुपैयाँ तिर्नु पर्ने छ । ईण्डियन आयल कर्पोरेशनले १ सेप्टेम्बरबाट पठाएको खरिद मुल्य अनुसार नै निगमले पेट्रोलको मुल्य बढाएको निगमका प्रवक्ता विनित मणि उपाध्यायले बताए ।











