इराकको राजधानी बग्दादबाट उत्तर भागमा पर्ने बजार इलाकामा भएको एक कारबम आक्रमणमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको समाचार छ । इराकको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । उत्तरी बग्दादको छिमेकमा पर्ने हुसेनीयाहमा रहेका तरकारी थोक बजारमा सो बम विस्फोट गारइएको सिन्ह्वा समाचार समितिलाई बताएको छ ।

atakaप्रहरीको एम्बुलेन्स र अन्य सवारी साधनबाट घाइते व्यक्तिहरुलाई अस्पताल लग्ने कार्य जारी रहेको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ । संयुक्त राष्ट्रसंघको इराक मिसनका अनुसार जुन महिनामा मात्र भएको हत्या र हिंसामा ६६२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ हजार ४५७ जना घाइते भएका जनाइएको छ ।।