इन्द्रेणी संवाददाता

दाङ, २८ असार । आर्थिक बर्ष सकिनै लाग्दा जाजरकोटका अधिकांश गाविसमा गएको बजेटबाट कामै नगरी रकम भुक्तानी लिने गरेको खुलासा भएको छ ।

jajarkot_mapगाविसमा गएको बजेटबाट निर्माण हुने भनिएका भौतिक संरचना, सडक, खानेपानी योजना आदिको योजना निर्माण नै नगरी रकम भुक्तानी गरिएको हो ।

जाजरकोटका डाँडागाउँ, लहँ, नायकवाडा, रोकायगाउँ, रग्दा, भगवती, खगेनकोटलगायतका दर्जन गाविसमा यी काम नभएरै रकम भुक्तानी भएका छन् ।।